
केही दिनअघि अस्ट्रियाकी २३ वर्षीया फ्रान्जेस्का मारिनोभिक ललितपुर पाटनस्थित भीमसेन मन्दिरको गजुर सरसफाइ गर्दै थिइन्। मन्दिर सफा गर्न उनले हातमा कपास र पानी बोकेकी थिइन्। ‘मन्दिरको छानाको सौन्दर्य नबिगारी काम गरिरहेकी छु,’ उनले भनिन्। उनी मात्र होइन, अष्ट्रियाका आठ शिक्षक–विद्यार्थीको समूह नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदाको जर्गेना गर्न नेपाल आएको छ। अस्ट्रियाको इन्स्टिच्युट अफ कन्जरभेसन एण्ड एप्लाइड आर्टस्का शिक्षक–विद्यार्थी समूह नेपाल आएको हो। इन्स्टिच्युटले हरेक वर्ष नेपालका सम्पदा संरक्षणका लागि विद्यार्थी पठाउने गरेको छ। यस वर्ष उनीहरू भीमसेन मन्दिर जीर्णोद्वार र […]