नेविसंघको महाधिवशनले विश्व भाषा क्याम्पसको अध्ययन-अध्यापन ठप्प


नेविसंघको महाधिवशनले विश्व भाषा क्याम्पसको अध्ययन-अध्यापन ठप्प

bishwo-bhasa
साउन २८ । नेविसंघको महाधिवशनका कारण विश्व भाषा क्याम्पसको अध्ययन अध्यापन कार्य ढप्प भएको छ । तीन दिनभित्र महाधिवेशन सक्ने भनेर क्याम्पस प्रयोग गरिएता पनि १० दिन वित्न लाग्दा पनि महाधिवेशन नसिकिएका कारण त्यहाँको पठनपाठन अवरुद्ध बनेको हो ।विश्वभाषा क्याम्पसमा नेपालका र विश्व भरका विभिन्न विदेशी विद्यार्थी भाषा पढ्न आउने गर्दछन् । विश्वभाषा क्याम्पस प्रमुख भीम रेग्मीका अनुसार २५० विदेशी विद्यार्थीले नेपाली, संस्कृत, नेवारीलगायतका भाषा सिकिरहेको छन् । जस मध्ये एक सय जना दोस्रो सेमिस्टरमा छन् भने एक सय ५० जना पहिलो सेमिस्टरमा अध्ययन गरिरहेका छन् । त्यस्तै नेपाली विद्यार्थीहरुले जापानीज, जर्मन, अंग्रेजीलगायतका विदेशी भाषा सिकिरहेका छन् । नेविसंघको महाधिवेशनका कारण उनीहरुको पढाई अवरुद्ध बनेको छ ।क्याम्पस प्रमुख रेग्मीका अनुसार नेविसंघका नेता तथा सांसद रंजित कर्णले २३, २४, २५ गतेका महाधिवेशन लागि भनेर क्याम्पस माग गरेका थिए । १० दिन वितिसक्न लाग्दा पनि महाधिवेशनको टुंगो लागेको छैन । ‘रंजित जी तीन दिनका लागि भन्नु भएको थियो १० दिन वितिसक्यो खोइ महाधिवेशन सकिएको छैन्,’ उनले भने ‘त्यसपछि उहाँले खबर नै गर्नु भएको छैन ।’

source http://goo.gl/BMtQmd