अनिल रञ्जितकाे ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ कृति सार्वजनिक

अनिल रञ्जितकाे ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’

 

चर्चित फोटो पत्रकार अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ बहुभाषिक पुस्तक सार्वजनिक भएकाे छ । गत शुक्रबार सार्वजनिक गरिएकाे कार्यक्रममा ललितपुर महानगरापलिकाका मेयर चिरिबाबु महर्जनकाे प्रमुख आतिथ्यतामा पुस्तकको विमोचन गरिएकाे थियाे । पाटन सङ्ग्रहालमा लोकार्पण गरिएको पुस्तक नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको छ ।

अमेरिकाका मेरिल्यान्डमा कर्मभूमि बनाएका रञ्जितको यो पहिलो कृति हाे । मेयर महर्जनले सम्पदाप्रेमीहरुका लागि यो पुस्तक अमूल्य दस्तावेज रहेकाे जानकारी गराए । मेयर महर्जनले खोकनासहित बुंगमति र सुनाकोठीलाई सांस्कृतिक नगर घोषणा गर्न प्रस्ताव गरिसकेको जानकारी समेत दिए । यसका साथै सम्पदा सम्बन्धमा ललितपुर महानगरपालिकाले जिरो टोलरेन्सको नीति अपनाएको धारणा राखे । खाेना (खोकना) काठमाडौं उपत्यकाको धार्मिक, एैतिहासिक तथा सांस्कृतिक रुपमा समृद्ध नेवार बस्ति हाे ।

यद्यपि अहिले खोकनाबासी अझै पनि आफ्नो सांस्कृतिक धरोहरलाई बचाउन सङघर्षरत छन् । यो ऐतिहासिक ठाउँलाई काठमाडौं–तराई एक्सप्रेसवे (फास्ट ट्रयाक) जस्ता परियोजनाले पनि गम्भीर प्रभाव पारेको छ । लेखक रञ्जितले खोकनाका यिनै विविध विषयलाई लिएर करीब पाँच वर्षको अध्ययनपछि यो पुस्तक तयार पारेका हुन् । रञ्जितका अनुसार यस पुस्तकमा खोनाको सांस्कृतिक पक्षलाई मात्र नभई ‘दमन’ र ‘हाखः’ जस्ता सामुदायिक आन्दोलन र असार २० धान रोपाईँ प्रतीकात्मक विरोध जस्ता विरोध प्रदर्शनको घटनालाई पनि उजागर गर्ने प्रयास गरिएको छ ।

लेखकद्वय रन्जितले खोकनाको पहिचान सिंगाे आदिबासी पहिचान भएकाले अहिले शहरी अतिक्रमण, कृष्ण ह्रास, सिकाली पर्वमा सहभागिता, आफ्नो भूमिको दोहनविरुद्धको विरोध प्रदर्शनलाई साे पुस्तकमा समावेश गरिएकाे छ । कार्यक्रममा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा आदिवासी नेवार समुदायले भोगेका व्यापक समस्याबारे जनचेतना जगाउने प्रयास गरिएकाे जनाए।