NEPAL BASE – vacancy – OJT


कर्मचारी आवश्कता सम्बन्धि सुचना
प्रकाशन गर्ने मिति २०७२ जेठ २४ गते

ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) आम सदस्यतामा आधारित एउटा गैर सरकारी संस्था हो । हाल बेसले मध्य तथा सुदुर पश्चिमाञ्चल बिकास क्षेत्रका १७ जिल्लामा कार्यक्रमहरु गर्दै आइरहेको छ । यस संस्थाले नविकरणिय उर्जा, जिविकोपार्जन सहयोग, शिक्षा, बाल श्रम उन्मुलन, महिला शशक्तिकरण, आय आर्जन, मानव अधिकार,द्वन्द न्यूनिकरण, स्वास्थ्य शिक्षा, प्रकोप जोखिम न्यूनिकरण र सांस्कृतिक संरक्षण जस्ता क्षेत्रमा काम गर्दै आइरहेको छ । बर्दिया र कैलाली जिल्लामा खाने पानी तथा सरसफाई लाई लक्षित गरि सन् २०१२ देखि बेसले Water Aid Nepal को आर्थिक तथा प्राबिधिक सहयोगमा Water Sanitation & Hygiene (WASH) कार्यक्रम संचालन हुदै आएको छ ।
उक्त कार्यक्रमका लागि १ जना Senior OJT आवश्यकता परेकोले १८ बर्ष पुरा भएका नेपाली नागरिकहरुले प्रथम पटक प्रकासित मितिले ७ दिन भित्र आफ्नो ब्यक्तिगत बिबरण सहित निबेदन कार्यालयमा अथवा email बाट आबेदन बुझाउन यो सुचना प्रकाशित गरिएको छ ।

१. पदः Senior OJT १ जना
न्यूनतम योग्यता :- मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको, कम्प्यूटर सम्बन्धि आधारभूत ज्ञान(MS word, Excel and Power Point) हुनु पर्नेछ । अंग्रजीमा बोल्न र प्रतिबेदन तयार गर्न सक्ने । Civil Engineer तथा स्वास्थ्य शिक्षामा स्नातक तह उत्तीर्ण गरेकालाई बिशेष प्राथमिकता दिइनेछ ।
Senior OJT ले जिल्ला शाखा कार्यालय बर्दियामा रहेर बेलाबेलामा कार्यक्षेत्रहरुमा फिल्ड गई फील्डको प्रतिवेदन तयार गरी कम्पाईल गर्नुका साथै यस परियोजनासँग सम्बन्धित सबै कार्यहरु बेसको नियमावली भित्र रहि काम गर्नु गराउनु पर्नेछ ।

माथि उल्लेखि आधार पुगेको योग्य नेपाली नागरिकले मिति २०७३ जेठ ३० गते सम्म कार्यालय समय ५ः०० वजे भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-Data) सहित निबेदन दिई सक्नु पर्ने छ । छोटो सुचीमा छनौट भएका उमेदवारलाई मात्र लिखित तथा मौखिक परीक्षाको लागि सम्पर्क गरिनेछ । महिला, दलित तथा जनजातीहरुलाई बिशेष प्राथमिकता दिईने छ ।

आवेदन दिने ठाँउ :–
पत्राचारको लागी :– व्याकवार्ड सोसाईटी एजुकेशन (बेस) को परियोजना कार्यालय तुलसीपुर नगरपालीका वडा नं –६ रजौरा दाङ
E-mail को लागीः– info@nepalbase.org
सम्पर्क नं –०८२–५२००५५

 

source nepalbase.org