लिपि स्रोत पुस्तिका


राष्ट्रिय अभिलेखालयमा नेपालको इतिहास र संस्कृतिको महत्वपूर्ण स्रोतको रूपमा रहेका अभिलेखात्मक सम्पदाहरू विभिन्न विषय र समयका ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज, थ्यासफु आदि अनेकौं लिपि शैलीमा लेखिएका हस्तलिखित ग्रन्थहरू, लालमोहर, सन्धि सम्झौता, ऐतिहासिक चिठीपत्रहरू, स्याहामोहर, खड्गनिशाना, सनद, सवाल, सन्धिपत्र, इच्छापत्र, द्विछापे, रूक्का, इस्तिहार जस्ता ऐतिहासिक कागजपत्रहरू, प्राचीन तथा मध्यकालका शिलापत्रका प्रतिलिपिहरू, भूमिसम्बन्धी कागजपत्रहरू आदि संकलित छन्‌ । देशको सामाजिक, राजनैतिक,धार्मिक, सांस्कृतिक लगायत कुनै पनि इतिहासको बारेमा अध्ययन अनुसन्धान गर्नको लागि यस्ता अभिलेखहरूको ठूलो महत्त्व रहेको पाइन्छ । इशापूर्व तेस्रो शताब्दी देखि २१ औं शताब्दीसम्म भएको लिपिको विकासक्रम तथा यी अभिलेखहरूमा लेखिएका विषयवस्तुहरूको अध्ययन अनुसन्धान गर्न तत्कालीन लिपिहरूमा सरोकार व्यक्तिहरूको पहुँच सुनिश्चित गर्न सके यसबाट इतिहास सभ्यता तथा संस्कृतिको संरक्षण एवं सम्वर्द्धनको साथै सो सम्वन्धी नवीन तथ्यहरू उजागर गर्नमा समेत महत्त्वपूर्ण योगदान पुग्छ । यसै तथ्यलाई मनन गर्दै राष्ट्रिय अभिलेखालयले विभिन्न ‘लिपिहरूको अध्ययन गरी क्रमशः प्रकाशन गर्ने लक्ष्य लिएको छ ।

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

 

source : National Archives