GUTHI – DHANAVAJRA VAJRACHARYA


dhanavajra

तिमीहरूको ग्रामको सौमाभित्का ठाउँमा पहिलेका राजाहरूले र अरू सञ्जनहरूले पुण्य बढोस्‌
भनी जुन खेतहरू दान दिइएका थिए, कसैले पनि तिनीहरूको हिनामिना गर्न नपाओस् भन्नाका
लागि र धेरै कालसम्म ती कायम रहन्‌ भन्नाका लागि हरबखत पुण्यको कामको ताँतीले बढ्दँ
गएको सफा कीतिको फेलावटले दिशा ढाकेका श्रीमहासामन्त आ्रंशुवर्माले हाम्रो अनुमति लिई यो
सनद शिलापत्न गरिदिएका छन्‌; यो कुरा तिमीहरूलाई थाहा होस्‌ ।
खेतको हिसाब यस प्रकारको छ-सिहमण्डपमा भगवनवासुदेव ब्राहाणगोष्ठीका गुठियारलाई
२० मानिका, आरोग्यशालालाई २०० मानिका, माद्धघवशालालाई ७५ मानेका, प्रदीप (वत्ती)
गोष्ठीका गुठियारलाई ६० मानिका, पश्चिमशालालाई ६० मानिका, पानीय (पानी) गोष्ठीका
गुठिपारलाई ४० मानिका, विश्वेश्वरलाई, १० मानिका ब्राह्माणगोष्ठीका गुठियारलाई १०
मानिका, प्रदौपगोष्ठीका गुठियारलाई १० मानिका, पौलम्‌को पानीय (पानी ) गोष्ठीका गुठियारलाई
१० मानिका, मल्लयुद्धगोष्ठीका गुठियारलाई ६5 मानिका, धृपगोष्ठीका गुठियारलाई २
मातिका, इन्द्रगोष्ठीका गुठियारलाई ४ मानिका, उत्तरशालालाई १२ मानिका, वादित्त्र (बाजा)
गोष्ठीका गुठियारलाई १० (मानिका) . . .लाई ४० मानिका, प्रदीपगोष्ठीका गुठियारलाई ८
मातिका, अरच्चागोष्ठीका गुठियारलाई २ मानिका, ध्वजगोप्ठीका गुठिवारलाई १७ मानिका,, . .का
गुठिपारलाई २० मानिका, प्रणाली (धारा) गोष्ठीका गुठियारलाई ५ मानिका, ब्राह्मणसानात्थ्य
गोष्ठीका गुठियारलाई १० मानिका, हिद्धिमशालालाई . . . मानिका, प्रदीपगोष्ठीका गुठियारलाई
५ मानिका, प्रबहण (गाडा) गोष्ठीका गुठियारलाई २० मानिका, उत्तरशालालाई २० मानिका,
पूर्वशालालाई १० मानिका, ध्वजगोष्ठीका गुठियारलाई ११ मानिका, फेरि ध्वजगोष्ठीका गुठियार-
लाई १० मानिका, मल्लयुद्धगोष्ठीका गुठियारलाई ३ मानिका, अर्चेनीय गोष्ठीका गुठियारलाई
‘४ मानिका इन्द्रगोष्ठीका गुठियारलाई ६ मानिका, पूर्वशालालाई १० मानिका, भगवान्‌ च्‌डिकेश्वेरका
पाञ्चालोहरूले . . . . मानङ ग्रामको पूर्वतिर ४० मानिका पश्चिमतिर पनि ४० मानिका ।

यी खेतहरूमा कसैले हिनामिना गर्ने वा दुःख दिने काम नगर्नु । जसले यो आज्ञा नाघेर अन्यथा
गर्ला; त्यसलाई हामी सहनेछैनौं ।

यहाँ द्रृतक प्रतिहार लच्छा गोमी छन्‌। संवत्‌ ५२६ आश्विन शुक्ल
व्याख्या-

लेलेको यस अभिलेखले लिच्छविकालको जनजीवनको एक महत्त्वपूर्ण पक्षबारे निक प्रकाश
ै पारेकोछ। ‘ गुडी । यस दृष्टिले यो अभिलेख निकै उपयोगी रहेको छ ।
26 गोष्ठीप्रथा गुडी
स्थानीय प्रशासनसम्बन्धी र जनहितसम्बन्धी काम कुरा मिलाउन जसरी प्रत्येक ग्राममा
पाञ्चाली (पञ्चायत) खडा गरिएका थिए; त्यसै गरी धामिक र शिक्षा, स्वास्थ्य आदि लौकिक
काम कुरा चलाउन त्यस बेला गोष्ठीहरु खडा गरिएका थिए । आवश्यक कुरा मिलेर गर्ने
भावना नै गोष्ठीप्रथाको आधार हो । “गोष्ठी’ शब्दबाटै “गुठी’ शब्द बनेको हो। अहिलेसम्म पनि
हाम्रो यहाँ प्रशस्त गृठीहरू चलेर आइरहेका छन्‌ । तर अहिले धामिक कुरालाई छाडेर लौकिक
जीवनसंग गुठीको त्यतिको सम्बन्ध रहेको छैन । लिच्छविकालमा भने त्यस्तो थिएन । त्यस खेला

लौकिक जीवनसंग सम्बन्ध राख्ने गोष्ठीहरू पनि थिए ।

घामिक कुरा वा लोकको हित हुने काम चलाउन थद्धाल्‌ राजा, प्रजा चल अचल सम्पत्ति दान
गर्देथे । यस्तै आथिक सहायताको भरमा गोष्ठीहरू चल्दथे । त्यस बेलाका यस्ता गोष्ठीहरू मुख्य
गरी दुइ किसिमका देखिएका छन्‌ । एकथरी आफ्नै परिवारको अधीनमा रहेको; अर्कोथरी
अरू नियत व्यक्ति (गौष्ठिक — गोष्ठीको सदस्थ – गुठियार ) लाई सुम्पेको । पहिलो किसिमको
गोष्ठीको लौकिक जीवनमा त्यति ठलो स्थान थिएन । दोस्रो किसिमको गोष्ठी दानपतिको सन्तानको
अधीनमा नरही नियत व्यक्ति र निश्चित व्यवस्था अन्तर्गत रहने हुनाले यस्ता गोष्ठीको तात्कालिक
जीवनसंग निकै सम्बन्ध रहन्थ्यो । लोकको हितको लागि बनेका यस्ता गोष्ठी र गोष्ठीका सदस्यहरूको
(गौष्ठिकहरूको) लोकमा प्रतिष्ठा थियो । लिच्छविकालका शासकहरूले पनि यस्ता संघट्टनलाई
सुबिधा दिई अगाडि बढ्न प्रोत्साहन दिएका थिए ।

तात्कालिक लौकिक जीवनमा गोष्ठीको कुन स्थान थियो भन्ने बुझ्नाको लागि पहिले पाटन
वलटोलको अभिलेखमा दृष्टि दिनुपरेको छ। हुनत सो अभिलेख लिच्छविकालभन्दा अलिपछिको
हो । तैपनि लिच्छविकालक परम्पराको हुनाले ‘गोष्ठी-प्रथा’ बारे बुझ्न सो अभिलेख उपयोगी
छ। बिचारार्थ त्यसको उद्धरण यहाँ दिनुपरेको छ-

“अब्दे याति भुजग्रहाक्षिगुणिते मासे तथा कातिके
रुद्राह वे न्‌पतौ च शासति भुवं चन्द्रो जयाद्यः सुधीः ।
पार्श्व पट्टिकया सहामलजलद्रोणीमिमां दत्तवान्‌
मार्गोन्मार्जेनगोष्ठिकासु निहितँ क्षेत्रङच त्‌ .रोपणम्‌ ॥
तत्पट्टिकापटलाच्छादनाय च शिवकाचतृष्टयम्‌ ।”
(अभिलेख-संग्रह २ भागको १३प्‌)

[ने. सं. २£२ (वि. सं. १२२८) कातिक महीनामा राजा रुद्रदेवले शासन गरिरहनु भएको
वेलामा , बुद्धिमान्‌ जयचन्द्रले सफा पानी गराउने यो जलद्रोणी (टुटेधारा) र नजीक पाटी बनाई
दान गरे। “बाटो बढा ने गोष्ठी’ मा तीन रोपनी खेत दान गरे । त्यो पाटीको छाना हाल्न चार शिवका

(तात्कालिक मुव्राविशेष) दिए। ]

यहाँ जयचन्द्र भन्ने व्यक्तिले पाटी, टुटेधारा बनाई त्यस उपलक्ष्यमा ‘मार्गोन्मार्जनगोष्ठी ख बाटो
बढाने गुठी मा तीन रोपनी खेत राखेको कुरा परेको छ । थाकेका बटुवालाई बस्न सुबिधा होस्‌
भनी पाटी बनाउनु, तिर्खाएका व्यक्तिले पानी पिउन पाञन्‌ भनी धारा बनाउनु पनि लौकिक
जीवनसंग सम्बन्ध राख्ने कुरा हो। तर “पाटी पौवा बनाए धर्म हुन्छ’ भन्ने परम्परा प्राचीन कालदेखि
चलेर आएको हुनाले धामिक भावनाले जयचन्द्रले पाटी-पोबा बनाए भनो भन्न सकिन्छ । तर
जयचन्द्रले ‘बाटो बढार्ने गोष्ठी’ मा तीन रोपनी खेत राख्नामा चाहि त्यस बेलाको लौकिक श्रवस्थाको
अलिकत। प्रतिबिम्ब परेको छ। हामीले आफू बस्ने ठाउँका बाटाहरू बढारेर सफा राउ्न्‌ पर्दछ;
यसो भए निरोगी बन्न यताबाट मदत हुन्छ; यो काम एक दुइ जनाले मात्र गर्ने खोजेर हने होइन;
एउटा व्यवस्था बाँधी पालो पालो गरी यस कामको देखरेख गरी यो काम चलाउनुपर्छ” भन्ने
भावनाले त्यस बेला ‘बाटो बढार्ने’ गोष्ठीहरू बनेका रहेछन्‌ । यस्ता गोष्ठीहरू चलाउन आयस्ताको
आवश्यकता पर्ने हुनाले हुने-पुग्नेले यस्ता गोष्ठीमा केही दिन्‌ असल हो, पुण्यको काम हो भन्ने
धारणा पनि त्यस वेला बसेको रहेछ । यस हुनाले जयचन्द्रले पाटी पौवा बनाउँदा ‘बाटो बढार्ने ‘
गोष्ठीमा पनि खेत द।न दिएका हुन्‌ भन्ने स्पष्ट छ ।

यो सानो उदाहरणले पनि उहिलेका ‘गोष्ठीहरू’ बारे विचार गर्ने निक मदत दिएको छ।
बाटो बढार्ने,मरम्मत गर्ने कामको लागि आलिकता रकम छटचाइएको कुरा नरेन्द्रदेवको अनन्त
लिङ्रेश्वरको अभिलेखमा पनि परेको छ ।

लिच्छविकालको लौकिक जीवनमा गोष्ठीको कुन स्थान थियो भन्ने कुरामा लेलेको शिबदेव
आ्रंश वर्माको यस अभिलेखले सबभन्दा बढी प्रकाश पारेको छ । सर्वत्र व्यवस्था बाँधी जनतालाई
सुखसुबिधा मिलाइदिने अंशुवर्माको नीति रहेको हुँदा लेम्बटीद्रञ्गको इलाकामा खेत पर्ने विभिन्न
अनेक गोष्ठीहरूको आयस्ता तोकिएको कुरा यस अभिलेखमा परेको छ। थी गोष्ठीमध्ये केहीको
सम्बन्ध धामिक कुरासंग छ । तर पानीयगोष्ठी, प्रणालीगोष्ठी, प्रबहणगोष्ठी, मल्लयुद्धगोष्ठी,
अर्चागोष्ठी आदिको सम्बन्ध लौकिक जीवनसंग पनि छ ।

जनतालाई पानो खुवाउने बन्दोबस्त मिलाउनाको लागि ‘पानीयगोष्ठी’ खडा गरिएको देखिन्छ ।
विशेष गरी ठूलठूला जात्रा, मेला आदि प्रशस्त जनता भेला हुने अवसरमा यस्ता ‘पानीयगोष्ठी’
सक्रिय हुन्थे । पानी खुवाउने यस्ता गोष्ठी केही ग्रेशमा अझै पनि कायम छन्‌ । मछिन्द्रनाथको
भोटो देखाउने जात्रा आदिमा गुठीको तर्फबाट पानी बोकी खुवाउँदै हिडेको दृश्य अहिलेसम्म
देख्न पाइन्छ । यस गरी स्थायी रूपमा जनतालाई पानी खुवाउने बन्दोबस्त गर्ने ठाउँ-ठाउँमा
धारा बनाउने, तिनको देखरेख गर्ने काम प्रणालीगोष्ठीको हुन्थ्यो ।

त्यस बेला अश्विकवाहिका (बग्गी), प्रवहण (गाडा) आदि यातायातका साधनमध्ये थिए ।
रथ्या (रथ हिड्ने सडक ), महारथ्या, पन्था, महापथ, हस्तिमार्ग आदि बाटाका भेद थिए । नक्साल
गेह्वीधाराको अभिलेखमा त्यस भेकमा बग्गी, गाडा आदिको आवत–जावतमा रोक लाएको
कुरा परेको छ। यसरी यातायातसम्बन्धी नियमकानून लाग्‌ थिए । यसो हुनाले जनतालाई याता-
यातको सुबिधा मिलाइदिन ‘प्रवहणगोष्ठी’ बनेका देखिन्छन्‌ ।

मल्लयुद्ध (कुश्ती खेल्न्‌) पनि मनोरञ्जनको एक साधनको रूपमा पहिलेदेखि चलेर आएको
पाइन्छ । लिच्छविकालमा पनि मनोरञ्जनको लागि ‘मल्लयुद्ध’ गराउने चलन चलेको देखिन्छ ।

यसै हुँदा जनताको मनोरञ्जनको लागि ‘मल्लयुद्ध’ गराउने प्रबन्ध मल्लयुद्धगोष्ठीले गर्दथ्यो ।
यस अभिलेखमा मल्लयुद्धगोष्ठीको उल्लेख दुइ ठाउँमा आएको छ । पहिलो मल्लयद्धगोष्ठीलाई
६ मानिकाको ठलै रकम छुट्टयाइदिएको छ । दोस्रोलाई भने ३ मानिका मात्र दिइएको छ ।
यसै ताकाको नघल श्रीघविहारको खण्डित अभिलेखमा “युद्धोत्सवमन्‌भूय’ भन्ने उल्लेख आएको
छ। यस्तै मल्लयुद्धसम्बन्धी उत्सवको चर्चा त्यहाँ गरिएको हो कि भन्ने देखिन्छ ।

‘अर्चा’ शब्दको अर्थ ‘पुजा’ भन्ने पनि हुन्छ। पृज्नु भन्ने अर्थमा ‘अर्च’ धात्‌ ज्यादै प्रचलित छ ।
अत: झ्वाट्ट हेर्दा ‘अर्चागोष्ठी’ देवक्ताको पूजा आजाको बन्दोबस्त मिलाउने गोष्ठी होला भन्ने
देखिन आउँछ । तर पूजा गर्ने गोष्ठी मात्र भन्दा कुरै खुल्दैन । कहाँ, कसको पूजा गर्ने गोष्ठी यो हो
भन्ने प्रश्न यहाँ स्वभावतः उठँछ । यस कारण अर्चागोष्ठीले अर्के कुरालाई पो बुझाएको छ कि
भनी विचार गर्नुपरेको छ। “अर्चा’ शब्दले मूति, सालिकलाई पनि बुझाउँछ । अर्च्चा शब्दको यो
पनि एक चल्ती अर्थ हो । ‘प्रतिकृतिरर्चा पुंसि’ भनी अमरकोशकारले बोलेका छन्‌ । अरू कोशमा

पनि अर्चाको अर्थ मति भनी लेखिएको पाइन्छ। शिलालेखहरूमा पनि ‘मूति’ भन्ने अर्थमा ‘अर्चा’
शब्दको प्रयोग भएको पाइन्छ । विशेष गरेर विष्णरमृति भन्ने अर्थमा यो शब्द प्रचलित थियो ।
भक्तपुर टौमढीटोलमा नारायणचोक भन्ने ठाउँ छ । त्यहाँ तिलमाधव मन्दिरको अगाडि एउटा गरुड-
ध्वज रहेको छ। त्यसमा “नारायणको मूति’ भन्नालाई ‘श्वीपतिमाधवस्य अर्चा भनिएको छौं ।

यसै गरी चाँगनारायणस्थानको एक अभिलेखमा पनि ‘कृष्णस्य विधिवद्‌ भक्त्या विष्णोरचा
निबेदिता’ भनिएको छ ट्टै । यसबाट “अर्चागोष्ठी’ मूति बनाउने गोष्ठी हो भन्ने देखिएको छ ।

धाभिक गोष्ठीहरूमा पनि एक एक कुराको बन्दोबस्तको लागि भिन्नाभिन्नै गोष्ठी बनाइन्‌
विशेष महत्त्व राख्दछ । जस्तै बाजाको मात्र बन्दोबस्तको लागि वादिद्वगोष्ठी’ बनेको थियो ।
ध्वजाको बन्दोबस्तको लागि ध्वजगोष्ठी, वत्तीको बन्दोबस्तको लागि प्रदीपगोष्ठी, धृपको बन्दोबस्तको
लागि धुपगोष्ठी आदि बनेका थिए। भगवद्वासुदेवब्राहाणगोष्ठी, इन्द्रगोष्ठी, आदि देवताविशेषलाई
प्‌जा गर्ने गोष्ठीको पनि यहाँ उल्लेख परेको छ । ब्राह्माणगोष्ठी आदि वर्गविशेषको गोष्ठीको पनि
उल्लेख परेको छ ।

मिलेर काम गर्ने भावनाले गोष्ठीप्रथालाई जन्म दियो भन्ने उल्लेख माथि गरेको थिएं। त्यस
बेलाका गोष्ठीहरूतिर दष्टि दिए यो कुरा छर्लङ्िन्छ । मिलेर गर्नुपर्ने धेरैजसा कुरा गोष्ठीद्वारा
गरिएका देखिन्छन्‌ । वेद कण्ठस्थ पारेर त्यसलाई जोगाइराख्ने काम एक व्यक्तिले मात्र गरेर
हुने होइन । यसका लागि एक पुस्ताले अर्को पुस्तालाई तालीम दिनु आवश्यक हुन्छ। यस हुँदा
‘ेत्तिरीयशाखागोष्ठी’ आदि बेदाध्ययनसम्बन्धी गोष्ठी लिच्छविकालमा बने । बाजा बजाउने
काम एक दिनमा सिक्न सकिने होइन। यसका लागि तालीम चाहिन्छ। तालीम लिन नियत समयको
दरकार पर्छ। यस कारण बाजा बजाउन सिकाउने गोष्ठीको आवश्यकता रह्यो । ध्वजा घुमाउने
पनि तरीका हुन्छ। त्यो सिक्न पनि तालीमको जख्रत पर्छ । धूप बनाउने कला पनि नसिकी त्यस

नै ‘अ्रभिलेख-संग्रह’ दोस्रो भागको ११ पृष्ठ हेर्नुहोस्‌ ।
३ ‘अभिलेख-संग्रह’ दोस्रो भागको १३ पृष्ठ हेर्नुहोस्‌ ।
जानिने होइन । केही वर्षको तालीम विना सफल मूतिकार बन्न सकिदैन । इत्यादि कारणले माथि ,
उल्लिखित अनेक किसिमका गोष्टीहरू बनेका थिए ।

यस अभिलेखमा गोष्ठीहरूको पङक्तिमा आरोग्यशालाको पनि उल्लेख भएको छ। आरोग्य“ ”
शाला (आ्रौषधालय ) लाई सबभन्दा बढी रकम छुट्याइएको छ । गोष्ठीसरह आयस्ताबाट चल्ने
यो आरोग्यशाला सार्वजनिक आ्रषधालय हो भन्ने यताबाट थाहा पाइन्छ । देउपाटनको नरेन्द्रदेवको
पालाको एक अभिलेखमा पनि ‘ग्लानभैषज्यार्थ दत्त भन्ने उल्लेख आएको छ। यसबाट लिच्छविकालमा
रोगीहरूको उपचारको लागि सार्वजनिक श्रौषधालय हुन्थे भन्ने सिद्ध भएको छ। चीनिया राजदूत
वाङयुन्चेको वर्णनमा नेपालीहरू श्रोखतीको काममा सिपालु छन्‌ भन्ने परेको कुरा यस प्रसङ्गमा
स्मरणीय छ ।

माथि उल्लिखित गोष्ठीहरूका क्षेत्र लेम्बटीद्रङ्गको सोमाभित्रै थिए । यसै गरी अरू द्रङ्ग,
ग्रामहरूमा पनि अनेक गोष्ठीहरू थिए । नरेन्द्रदेवको देउपाटन कसाईंटोलको अभिलेखबाट “नवगह’
(देउपाटन भेकको बस्ती) मा पनि अनेक गोष्ठी थिए भन्ने थाहा पाइन्छ। त्यसमा “याश्च गोष्ठ्यो
नवगहप्रतिबद्धास्ताशच चाटभटानामप्रवेश्या एव — नवगृहसंग सम्बन्ध राख्ने जुन गोष्ठीहरू छन्‌,
तिनमा पनि चाटभटले पस्न नपाउने गरिएको छ भन्ने वाक्य परेको छ । यसबाट नवग्हभित्र पनि
अनेक गोष्ठी थिए; ती गोष्ठीका खेतहरूमा मालपोत मिनाह गरिएको थियो भन्ने थाहा पाइन्छ ।
यसरी तात्कालिक सरकारले गोष्टीप्रथालाई प्रोत्साहन दिएको देखिन्छ ।

गोष्ठीहरू त्यस वेलाको जनजीवनसंग सम्बन्ध राख्ने भएका हुनाले तिनीहरूलाई सरकारद्वारा
प्रोत्साहन दिइन्‌ आवश्यक थियो । यसैले श्रंशुवर्माले गोष्ठीका सदस्यको सन्मानको लागि केही
रकम नियत गरिदिएका थिए । देवता, विशिष्ट व्यक्ति आदिले पाउने भाग नियत गरी त्यसको
विवरण कुँदाई राखेको ग्रंशुवर्माको हाँडिगाउँको अभिलेखबाट यो कुरा थाहा पाइन्छ । त्यहाँ
“गौष्ठिकानां पु २ प २–गौष्ठिकहरूलाई २ पुराण, २ पण दिन्‌” भन्ने उल्लेख परेको छ।
यसबाट गोष्ठी चलाएर बस्ने गौष्ठिकहरूको लोकमा प्रतिष्ठा थियो भन्ने बुझिन्छ ।

यसै गरी लिच्छविकालका अरू अभिलेखमा पनि अनेक गोष्ठीहरूको उल्लेख आएको छ ।

कुनै गोष्ठी व्यक्तिगत हुन्थे । यस्ता गोष्ठीहरूसंग अरूहरूको सम्बन्ध रहंदैनथ्यो । उदाहरणार्थ
पशुपति भस्मेश्वरको माथि गएको अभिलेखलाई देखाउन सकिन्छ। त्यसमा प्रतिहार प्रुवसङघले
भद्रेश्वर आबि पाँचवटा शिवलिङ्ग स्थापना गरी गुठी राखेको कुरा परेको छ। त्यहाँ स्वजनगोष्ठि-
काधीनें कृत्वा’ भनी गुठी आफ्नै मानिसको अधीनमा रहनेछ भनी स्पष्टसंग लेखेको छ ।

यसरी धर्म, शिक्षा, स्वास्थ्य आदि जनजीवनमा आवश्यक कति कुरा त्यस वेला गोष्ठीद्वारा
गरिन्थे । यसै हुनाले जनतालाई सुबिधा होस्‌; व्यवस्थापूर्वक कामकुराहरू चल्न्‌ भनी चिताउने
श्रंशवर्माले लेम्बटीद्रङ्गभित पर्ने गोष्ठीहरूको व्यवस्था मिलाई दिएका हुन्‌ ।

ब पूणिमा’ १३ अङकमा प्रकाजित लिच्छाविकालको लौकिक जाजनमा नात्यीका ग्थान भने :
निबन्धमा पनि गोष्ठीबारे विचार गरिएको छ ।

लेलेको यो अभिलेख रहेको ठाउँबाट केही पूर्वेतिर सरस्वतीकुण्ड ज्ञानकुण्ड भन्ने प्रसिद्ध ठाउँ
छ। श्रीपञ्चमीको दिन ज्ञान, बद्धि बढ्न्‌ भनी यहाँ स्नान, दर्शन, पृजन गर्ने आउनेहरूको भीड
लाग्छ । यसबाट यो क्षेत्र उहिले विद्याको केन्द्र थियो कि भन्ने संकेत मिल्छ । यता लेलेको यस
अभिलेखमा विद्यासम्बन्धी , पण्डितवगंसम्बन्धी गोष्ठीहरूको पनि चर्चा आएको छ । यसबाट
उपर्युक्त कुराको केही पुष्टि हुन्छ। यस दृष्टिले यस क्षेत्रमा खोजी गरिनु आवश्यक छ ।

0 कन्न्च्क

ला पीर

 

Leave a comment